सुर्खेत नयाँ गाँउमा थारु जातीले गरे होमस्टे सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

सुर्खेत नयाँ गाँउमा थारु जातीले गरे होमस्टे सञ्चालन

विवश कुमार सेजुवाल

सुर्खेत, ७ पुस । सुर्खेतको विरेन्द्रनगर नगरपालीका–१०, नयाँ गाँउका थारु समुदायले होमेस्टे सञ्चालनमा ल्याएका छन् । स्थानीय थारु समुदायको कला संस्कृती र गाउँको आर्थिक स्थितीमा टेवा पुग्ने उद्देस्यले होमस्टे सञ्चालनमा ल्याएको हो । २ महिना अघिबाट शुरु गरिएको होमस्टेमा थारु समुदायले परापुर्वकालदेखि खाँदै आएको परिकारहरु पर्यटकलाई खुवाउने गरिन्छ ।

स्थानीय ९ जना थारु समुदाय मिलेर शुरु गरेको होमेस्टेमा ८ जनाले रोजगारी समेत पाएका छन् । शनिवार यहाँ थारु संस्कृतीको जगेर्नाका लागि बिभिन्न नाचहरु देखाउने गरिएको संञ्चालक जित बहादुर चौधरीले बताए ।

थारुहरुले बिशेष गरी सिद्रक चट्नी, धुगी, मछि, वटै, वट्टी, थारु आलु, डिक्री, मुस्कुन सिकार, सलाद, आदी खाने गर्दछन् । तर, अहिलेको पुस्तामा यी परिकारका बारेमा थाह नै छैन । होमस्टे सञ्चालनमा आए पछि गाउँका युवा युवतीहरु आफ्नो कला संस्कृतीबारे जानकारी पाएर दंग छन् ।

नेपालका थारु आफैमा ऐतिहासिक महत्व वोकेका समुदायमा पर्दछन् । उनीहरुका कला, संस्कृती, रहनसहनले अन्य समुदायहरुलाई समेत लोभ्याउने गरेको छ । अझ सरकारले यहाँ भौतिक पुर्वाधार, काक्रेविहारको संरक्षण गर्न सके सुर्खेतको नयाँ गाउँको आन्दानी मात्र नभएर राम्रो पर्यटकीय गन्तव्य स्थल वन्ने सक्ने स्थानीयहरु बताउँछन् ।