संरक्षणको पर्खाइमा थारु सम्पदा ‘ग्रामथान’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

संरक्षणको पर्खाइमा थारु सम्पदा ‘ग्रामथान’

बिनोद आचार्य,
सुनसरी । नेपालको तराइ क्षेत्रमा आदिवासी थारु समुदायको संख्या उल्लेख्य छ । थारु समुदाको प्रत्येक गाउँमा पौराणिक ऐतिहासिक सम्पदा रहेपनि यसको संरक्षण नहुँदा पछिलो समय यी ऐतिहासिक सम्पदाको पहिचान गुम्ने खतरा दिनप्रतिदिन बढ्दै गएको छ ।

तराईका थारु समुदायको बाहूल्य रहेको सुनसरी लगायतका क्षेत्रमा रहेका ग्राम थान अधिकरणको चपेटामा परेका छन् । थारु समुदायले जन्मदेखि मृत्यु संस्कारसम्मकालागि मान्दै आएको धार्मिक स्थल ग्रामथान पछिल्लो समय विकास निर्माणको नाममा अतिक्रमण बढेको भन्दै स्थानीयले आपती जनाएका छन् ।

थारु समुदायको बाहूल्य रहेको सुनसरी ६० प्रतिशत ग्रामथान केही समय यता अतिक्रमणगरी बिस्थापित गर्ने सडयन्त्र भैरहेको स्थानीयले बताएका छन् । थारु समुदायको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरी स्थानीय व्यक्ति तथा भुमाफियाले गर्दा संकटमा परेका हुन् ।

परापुर्वकालदेखी खाली तथा ऐलानी जग्गामा ग्राम थान रहेकोले भुमाफिया तथा थान संरक्षकको चासो नहुँदा थान ओझेलमा पर्दैगएको ग्राम थान संरक्षण समितीका अध्यक्ष तेजनारायण् चौधरी बताउँछन् ।

‘संरक्षनमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय धार्मिक तथा संस्कृति स्थलहरूको संरक्षण गर्ने भनेर प्रस्ट व्यवस्था भएपनि जनप्रतिनिधिले चासो नदिएका कारण सुनसरीको करिब ५ सय ग्रामथान अधिकरणको चपेटामा परको छ ।’, उनले भने ।

ऐलानी जग्गामा स्थापित ग्रामथानहरुको पुन मर्मत गर्दै पक्कि अनि व्यबस्थित भवन निमार्ण गरिरहेको रामधुनी नगरपालिका वडा न १ का वडाध्यक्ष महेश कुमार चौधरीले बताए । ‘वडाले ग्रामथान भएको स्थानलाई तार जाली लगाई घेरोबेरा गरेर संरक्षण गर्ने प्रयास गरेका छौं ।’ उनले भने ।

चैत्र महिनामा सनसारी पूजा गरी नयाँ वर्ष वैशाख १ गते स्थानीय ग्रामथानमा सिरुवा पूजा गरी आशीर्वाद लिने परम्परा छ । यस्ता पौराणिक महत्व बोकोका धार्मिक तथा संस्कृति स्थलहरूको पहिचान गरी संरक्षण गर्न तिनै तहको सरकारले पहल गर्न आबश्य देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);