वीरगञ्ज, १३ भदौ । आफूमाथि चोरीको आरोप लागेपछि एक युवतीले त्यसको रिसइवी साँध्न २ वर्षीय नाबालकको हत्या गरेकी छन् । नाबालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २० वर्षीया हसबुन खातुनलाई पक्राउ गरेको छ ।
खातुनले रौतहटको गढीमाई नगरपालिका–७ का आबिद अन्सारीका छोरा २ वर्षीय रेआल अन्सारीको हत्या गरेको प्रहरीले जनाएको छ । रेआल आमा रुबिना खातुनसँग बाराको सिम्रौनगढ नगरपालिका–३, जोलाही टोलस्थित मावलीमा बस्दै आएका थिए । आइतबार बिहान ११ बजेदेखि मावलीबाट बेपत्ता भएका रेआल राति साढे ८ बजेतिर छिमेकी रुबैदा खातुनको घरमा मृत भेटिएका थिए ।
रुबिनासँग झगडा हुँदै आएको र त्यही रिसइबी साँध्न हसबुनले रेआलको हत्या गरेको खुलेको बाराका प्रहरी नायव उपरीषक भुवनेश्वर साहले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।