मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार : प्रचण्ड

काठमाडौं, ६ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताएका छन् ।

अध्यक्ष दाहालले हाम्रा भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै पनि नेपाल विश्वसामू गर्व गर्न लायक राष्ट्र बन्न सक्ने दावी गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विभिन्न समुदायले आफ्नो सांस्कृतिक पहिचानबाट समृद्धि खोज्ने प्रयास गरिरहेकोमा खुसी व्यक्त गरे । हाम्रा परापूर्व कालदेखिका ज्ञान, हावापानी र भूगोल विश्वलाई नेपाल चिनाउन र समृद्ध बनाउन उपयोगी हुने अध्यक्ष दाहालको भनाई छ ।

अध्यक्ष दाहालले मुलुकको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि हाम्रा साँस्कृतिक सम्पदाहरुको पहिचानको खोजी गर्नु आवश्यक रहेको बताए ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);