जनकपुर अञ्चल अस्पतालमा अवैधानिक तरिकाले नियुक्त गरेका कर्मचारीहरु खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनकपुर अञ्चल अस्पतालमा अवैधानिक तरिकाले नियुक्त गरेका कर्मचारीहरु खारेज

hospital

काठमाडौं, ६ पुस । जनकपुर अञ्चल अस्पतालमा अवैधानिक तरिकाले नियुक्त गरेका विभिन्न तहका कर्मचारीहरुलाई प्रदेश सरकारले खारेज गरेको छ ।

पुस १ गते देखि लागु हुने गरि अवैधानिक तरिकाले नियुक्त गरेका ६० जना कर्मचारीको नियुक्ति खारेज गरिएको हो । सेवा निबृत्त भएका डा रामपरीक्षण यादव तथा लेखा अधिकृत सहित उच्च अधिकारीहरुले आ–आफ्ना आफन्तजनलाई नियम विपरीत नियुक्त गरेको भन्दै विरोध हुँदै आएको हो ।

केन्द्र सरकारको सहमति तथा सहकार्यमा नियम विपरीत नियुक्ति भएका ६० जना कर्मचारीलाई वदर गरिएको हो । अञ्चल अस्पताल विकास समिति नभएको बेलामा विकास समितिको नाउँमा नियुक्ति गरिएकोले बदर गर्नु परेको प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहको भनाई रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);