स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश

bale

काठमाडौं, ५ पुस । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

युएईको अबुधाबीस्थित जायद स्पोर्ट्स सिटी स्टेडियममा भएको विश्वकपको फाइनलमा रियल क्लबका ग्यारेथ बेलले ह्याट्रिक गरेका हुन् । युरोपेली च्याम्पियन रियल म्याड्रिड जापानी क्लब काशीमा एन्टलर्सलाई ३–१ ले हराउँदै स्पेनिस क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा १–० ले अघि रहेको रियल खेलको ५३ औं मिनेटमा बेलले दोस्रो गोलमा अग्रता दोब्बर पार्न सफल भए । खेलको ५५ औं मिनेटमा बेलले ह्याट्रिक पुरा गर्दा रियलको अग्रता तेब्बर पुग्यो ।

खेलको ७८ औं मिनेटमा काशीमाका डोईले एक गोल फर्काए पनि रियलले ३–१ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । फाइनल खेल शनिबार हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);