ट्रम्पको विवादास्पद च्यारिटी फाउन्डेशन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

ट्रम्पको विवादास्पद च्यारिटी फाउन्डेशन बन्द हुने

trump-and children

एजेन्सी, ४ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद च्यारिटी फाउन्डेशन बन्द हुने भएको छ । ट्रम्पको विवादित च्यारिटी फाउन्डेशन बन्द गर्ने बारेमा सहमति बनेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फाउन्डेशनको रकम गैर–कानुनी रुपमा प्रयोग गर्दै आएको भन्ने आरोप ट्रम्प माथि लाग्दै आएको छ । विवाद बढ्दै गएपछि ट्रम्प आफ्नो पारिवारिक फाउन्डेशन बन्द गर्न सहमत भएका छन् ।

फाउन्डेशनको रकम अवैध रुपमा प्रयोग भएको आरोपमा न्युयोर्ककी अटर्नी जनरल बारबरा अण्डरवुडले ट्रम्प परिवारविरुद्ध मुद्दा दायर गरेका हुन् । ट्रम्पले आफ्नो व्यापारिक तथा राजनीतिक फाइदाका लागि फाउन्सेशनलाई प्रयोग गरेको आरोप उनले लगाएका छन् ।

ट्रम्प फाउन्डेशन अब कानूनी रुपमा नै भंग हुनेछ र त्यसमा रहेको कोष अरु सहयोगी संस्थालाई वितरण गर्ने तयारी छ । अब ट्रम्पका तीन सन्तान न्युयोर्कका कुनै पनि च्यारिटी संस्थाका बोर्ड सदस्य पनि बन्न पाउने छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);