एजेन्सी, १२ भदौ । ला लिगा अन्र्तगत सान्टियागो बर्नाबिउमा आइतबार भएको भ्यालेन्सिया र रियल मड्रिडको खेल बराबरीमा टुंगिएको छ । रियल मड्रिडको घरेलु मैदानमा भएको सो खेल २-२ को बराबरीमा सकिएको हो ।
खेलमा मार्को एसेन्सियोले पहिलो हाफको १० औँ मिनेटमा नै पहिलो गोल गरेर अग्रता दिलाएका थिए । गोल खाएको १८औँ मिनेटमा नै भ्यालेन्सियाका लागि कार्लोस सोलरले गोल फर्काए पछि रियलले खेलमा आफ्नो अग्रता कायम गर्न सकेन ।
फेरी भ्यालेन्सियाका लागि इन्टर मिलानबाट यसै हप्ता अनुबन्ध भएका खेलाडी जिफ्रे कोन्डोग्बियले खेलको ७७ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ८३ औँ मिनेटमा ओसेन्सियोले थप अर्को गोल गर्दै रियल मड्रिडलाई पराजित हुनबाट जोगाएका थिए ।
गत मे २१मा मालागालाई २-० ले हराउदैँ रियल ला लिगा च्याम्पियन भएको थियो । रियलले सो उपाधि १८ दिन पछि हिजो मात्र उचाल्न पाएको होे ।