हुलास स्टिल उद्योगका कारण वातावरण प्रदुषित | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

हुलास स्टिल उद्योगका कारण वातावरण प्रदुषित

श्याम गुप्ता

बारा, २८ मंसिर । बारा स्थित हुलास स्टिल उद्योगका कारण वातावरण प्रदुषण लगायत मानव स्वास्थ्यमा गम्भिर असर पुग्न थालेको छ । उद्योगबाट निस्कने प्रदुषणको बारेमा पटक पटक सम्बन्धित निकायको ध्यानआकर्षण गराउँदा समेत सुनुवाई नभएको स्थानीयहरुको गुनासो छ ।

नेपालमा बहुप्रतिष्ठत उद्योगहरु मध्ये हुलास स्टिल पनि एक हो । तर, वीरगन्ज पथलैया औद्योगिक करिडोर अन्तरगत पर्ने बस्तिको बीचमा रहेको हुलास स्टिलबाट निस्केको वातावरण प्रदूषणले यहाँका मानिसको स्वास्थ्ममा मात्र हैन, पशुलाई समेत असर गरेको छ ।

त्यसैगरी, कच्चा पदार्थको रसायनले आफुहरुको खेतमा पनि उब्जनी नभएको पीडित कृषक लीलादेवी सुवेदीले बताइन् ।

नेपालको कर्कट र पाईपमा एक छत्र बजार ओगटेको हुलास स्टिलले उर्वर भूमि मानिने मध्य तराई मधेशको बारामा पर्ने झण्डै तीन सय हेक्टर जमिनमा ठुलो असर पारिरहेको छ । त्यती मात्र हैन, हुलास स्टिलले बिसर्जन गर्ने धुँवा, हावा, पानी, ध्वनी, कम्पन, खरानीको उचित व्यवस्थापन नहुँदा मानव शरीरमा बिभिन्न किसिमका रोगले सताउने गरेको स्थानीय मोहन बहादुर कार्कीले बताए।

मोहन जस्तै, अन्य पीडित पनि यहाँ अहिले हुलास स्टिलकै कारण शिकार बनेका छन् । दिनहुँ उद्योगको कारण भुँईचालोको कम्पन महशुस गर्नूपरेको अर्का स्थानीय मीरा राईले बताइन् । उनले अव हुलास स्टिलको अचाक्ली सहन नसक्ने भन्दै आन्दोलन गर्ने समेत चेतावनी दिइन् ।

अहिले हुलास स्टिलको कारण प्रदूषित तथा विषादियुक्त पानीको अन्तिम निकासा सिर्सिया नदी हो र यो नदीमा पनि प्रदूषित पानीको प्रभावले गर्दा माछा एवं अन्य जलचरहरु सखाप भएका छन् । मुहान देखि ४ किलोमिटर दक्षिणतर्फ पर्ने जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित श्रीसिया नदीमा प्रदूषित पानीको बहाव हुँदै आएको हो ।

वीरगंज र रक्सौलका स्थानीय बासिन्दा सिर्सिया नदीको पानीबारे प्रत्यक्ष जानकार छन् । सिर्सिया नदीको प्रदूषित पानी भारतको बिहारमा जाँदा त्यहाँका किसानहरु पनि पीडित भएका छन् । यसको विषयमा हुलास स्टिलले कुनै प्रतिक्रिया दिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);