युइएफए युरोप लिग: एफसीले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्न सफल | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

युइएफए युरोप लिग: एफसीले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्न सफल

football

काठमाडौं, २८ मंसिर । युइएफए युरोप लिग फुटबल अन्तर्गत एफसीले चेल्सीलाइ २–२ गोलको बराबरीमा रोकेको छ ।

हंगेरीको भिडीले घरेलु मैदानमा भएको बिहिबार रातिको खेलमा इंग्लिस क्लब चेल्सीलाई बराबरीमा रोक्न सफल भएको हो । सुरूवाती अग्रता जोगाउन नसकेको चेल्सीले खेलको ३०औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाएका थिए ।

तर, त्यसको २ मिनेटपछि चेल्सीका इथान अमपाडुले आत्मघाती गोल घरेलु टोलीलाई उपहार दिएपछि पहिलो हाफमै भिडीले खेल बराबरीमा ल्याएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको घरेलु टोली दोस्रो हाफमा आक्रमक खेल्दै खेलमा अग्रता लिन सफल भयो ।

खेलको ५६ औं मिनेटमा लोइक नेगोले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए। खेलको ७५ औं मिनेटमा चेल्सीका लागि ओलिभर जिरूडले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएपछि खेलमा थप गोल हुन नसक्दा बराबरीमा सकियो ।