यस्तो देखिए ‘क्याप्टेन’को दुई पोस्टरमा अनमोल | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

यस्तो देखिए ‘क्याप्टेन’को दुई पोस्टरमा अनमोल

captain

काठमाडौं, २५ मंसिर । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को दुई पोस्टर सार्वजनिक भएको छ ।

यसअघि सार्वजनिक भएको पोस्टरमा अनमोल नेपालको जर्सी लगाएर खेलाडीको रूपमा देखिएका थिए । सार्वजनिक नयाँ दुई पोस्टर मध्य एकमा अनमोल एक्लै फिचर्ड छन् भने अर्कोमा अनमोलको साथमा अभिनेता सुनिल थापा र प्रशान्त ताम्राकार फिचर्ड छन् ।

आउँदो फागुनमा प्रदर्शन मिति तय गरेको छ । सुपर काजल फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई अभिनेता भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रलाई ‘एश्वर्य’ निर्देशक दिवाकार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोलको साथमा उपासना सिंह ठकुरी र प्रियङ्का एमभीको मुख्य भूमिका रहेको छ ।

यी दुई नायिका यसै चलचित्रबाट सिनेनगरीमा डेव्यु गर्दैछन् । त्यस्तै चलचित्रमा विल्सन विक्रम राई, राजाराम पौडेल, सरोज खनाल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार