अनमोल केसी अभिनीत 'रहर छ सँगै' युटुभको टेडिङ् एकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अनमोल केसी अभिनीत ‘रहर छ सँगै’ युटुभको टेडिङ् एकमा

captain

काठमाडौं, २८ मंसिर । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को पहिलो गीत ‘रहर छ सँगै’ युटुभको टेडिङ् एकमा पर्न सफल भएको छ । उक्त गितले अहिले सम्म तीन लाख छत्तिस हजार भन्दा बढि पटक हेरिसकेको छ ।

गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको उक्त गीत बिहीबार राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् भने डीगराज धौरालीको शब्द रचना रहेको छ । गीतलाई सैलेन्द्र एम प्रधानले सङ्गीत संयोजन गरेका छन् । गीतमा अनमोलको साथमा नव नायिका उपासना सिहं ठकुरी फिचर्ड छन् । हिमाली भेगको महमोहक दृश्यलाई कैद गरिएको गीतमा अनमोल र उपासनाको जोडी निकै जमेको देख्न सकिन्छ । यो भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

फुटबलरको कथामा बनेको चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।अनमोलको होम प्रोडक्सनबाट निर्माण भएको चलचित्रमा अभिनेता भूवन केसी निर्माताको रुपमा रहेका छन् भने जिया केसी यसकी कार्यकारी निर्मात्री हुन् ।

फागुन १७ बाट प्रदर्शनमा आउन लागेको चलचित्रबाट दुई नव नायिका उपासाना सिहं ठकुरी र प्रियंका एमभीले सिने नगरीमा प्रवेश गर्दैछन् । यस चलचित्रमा यी तिन बाहेक प्रशान्त ताम्राकार, सरोज खनाल, सुनिल थापा, विल्सन बिक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);