हिमान्श कोहलीसँगको ब्रेकअप पछि नेहाले भनिन्, मैँले सर्वस्व सुम्पिए तर… | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

हिमान्श कोहलीसँगको ब्रेकअप पछि नेहाले भनिन्, मैँले सर्वस्व सुम्पिए तर…

neha karkar

काठमाडौं, २९ मंसिर । बलिउड गायिका नेहा कक्कड र अभिनेता हिमान्श कोहलीबीचको अफेयरको चर्चा बलिउडभरी फैलिएको थियो तर अहिले उनीहरुको ब्रेकअप भइसकेको छ ।

नेहा र हिमान्शले आफ्नो ब्रेकअप सामाजिक सञ्जाल इंस्टाग्राममा सेयर गरेका थिए । दुवैले एक अर्कालाई अनफलो गरेका छन् ।

यसका साथै नेहाले हिमान्शसँग सेयर गरेका सबै तस्विरहरु डिलेट गरिसकेकी छिन् । हिमान्शले भने अहिलेसम्म त्यस्तो केही गरेका छैनन् ।

ब्रेकअप पश्चात् नेहा निक्कै टुटेकी छिन् । उनले आफ्नो इंस्टाग्राममा दुःखी हुँदै लेखेकी छिन्, ‘मलाई थाहा थिएन कि याे दुनियाँमा यतिसम्म खराब मानिसहरु पनि छन् । हुन त सबैथोक गुमाएर बल्ल होशमा आएकी छु । मलाई थाहा छ म एक सेलिब्रेटी हुँ । र मैँले यो सबै लेख्न हुँदैन तर, म पनि एक मानव हुँ र आज म पनि टुटेकी छु । त्यसैले आफ्नो भावनामाथि नियन्त्रण गर्न सकिरहेकी छैन । मैँले सर्वस्व सुम्पिए तर बदलामा मलाई के मिल्यो यो सबै म सेयर गर्न पनि सक्दिन ।’

नेहा र हिमान्स प्रेममा रहेको चर्चा लामो समयदेखि चल्दै आइरहेको थियो । दुवैजना एकअर्का प्रति निकै नजिकिएका कारण पनि चलचित्र यारियाका हिमान्सको नाम म्यूजिक इन्डस्ट्रीकी क्यूट गायिका नेहासँग जोड्ने गरिन्थ्यो ।

इण्डियन आइडलको मञ्चमा पनि हिमान्स कोहलीले नेहा कक्कडलाई सरप्राइज दिएका थिए । त्यसपछि दुवैले रोमाञ्चक ढंगले आफूहरु प्रेममा रहेको बताएका थिए ।

हिमान्स र नेहाले मे हमसफर गीतमा एकसाथ काम गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);