केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली नेपालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली नेपालमा

काठमाडौं, २४ मंसिर । केरुङ -काठमाडौं रेलमार्गबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ । चीनका उच्च स्तरीय सरकारी टोलि र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव सहितको नेपाली पक्षबीच छलफल सुरु भएको हो ।

बैठकमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर कसरी बनाउने भन्ने मोडालिटीबारे छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ । छलफल अहिले भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ ।

यो छलफलले डीपीआर (बिस्तृत परियोजना प्रतिवेदन) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ । साथै चिनिया टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);