चिनियाँ टोली नेपालमा रेलमार्गको अध्ययन गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

काठमाडौं, २३ कार्तिक । नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ। काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो।

जिङ र रेल विभागका प्रतिनिधिहरुको टोलीले रसुवागढीदेखि अध्ययन सुरु गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

केरुङ-काठमाडौं र काठमाडौं-पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे अध्यन गर्न आएको टोलीले सोमबार भैतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिसँग छलफल गरेको थियो। – आजको कारोबार दैनिकबाट

ताजा समाचार