ओली क्रिश्चियनको पछि लाग्दा भारत र चीन रिसाए, संविधान संकटमा : आर.के. मैनाली (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

ओली क्रिश्चियनको पछि लाग्दा भारत र चीन रिसाए, संविधान संकटमा : आर.के. मैनाली (भिडियो सहित)

kharo

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी फेरी चर्चामा रहेको छ । चर्चाको पछिल्लो कारण चाहिँ नेकपाको सचिवालय बैठक हो । शनिबार सचिवालय बैठक बस्यो तर, ९ सदस्यीय सचिवालय कमिटीमा रहेका ४ नेताले बैठक बहिस्कार गरे । ओली पक्षमा ५ सदस्यहरु रहेपछि बहुमतका आधारमा सचिवालयको बैठक बस्यो र त्यसले स्थायी कमिटी बैठकको मिति तय गरेको छ । नेकपा भित्र भएको यो सामान्य घटनाको रुपमा लिन सकिन्छ । तर, राजनीतिक ढंगबाट हेर्ने हो भने नेकपा भित्र यो घटनालाई सामान्यीकरण गर्न मिल्छ कि यसले छुट्टै संदेश दिइरहेको छ ? एशिया प्यासिफिक सम्मेलन पछि विवादमा आएको नेकपा, अहिले बैठक बहिस्कारपछि फेरी विवादमा आएको छ । नेकपा भित्रका चित्र-चरित्रहरु देखिएका छन्, ति कस्ता खालका हुन् ? र यसले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीसँग गरेको कुराकानी हेर्नुहोस् :