बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु, १ लाख ६ हजार कर्मचारीको विवरण सार्वजनिक गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु, १ लाख ६ हजार कर्मचारीको विवरण सार्वजनिक गरिदै

rojgar

काठमाडौं, २४ मंसिर । मुलुकमा संघीयता लागु भएको ३ बर्ष पछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ ।

सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको  खबर अाजकाे राजधानी दैनिकले छापेकाे छ । राष्ट्रपतिले सो अध्यादेश आइबतार प्रमाणीकरण गर्नुभएको हो ।

समाचारका अनुसार अध्यादेश लागु भए सँगै निजामती तर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र अन्य संगठित संस्थाका २ हजार गरि करिव १ लाख६ हजार कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सामेल गराउने गरि कार्य प्रारम्भ गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका सचिव दिनेश कुमार थपलियाले जानकारी दिए ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);