विभिन्न कार्यक्रम गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विभिन्न कार्यक्रम गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

bhrastachar biruddha ko diwas

अप्सरा गौतम
काठमाडौं, २३ मंसिर
। भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आईतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरियो । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार भने रोकिएको छैन ।

संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय महासन्धी पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्रा्ष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । विश्वकै महारोगको रुपमा परिचित भ्रष्टचारले मानव जातीमा नकारात्मक असर पारीरहेको छ ।

ट्रन्सफरेन्सी ईन्टरनेशनलले गरेको सर्भैक्षणका आधारमा नेपाल भ्रष्टचार हुने देशहरु मध्ये १ सय २२ औ स्थानमा रहेको छ । यो अबस्था अत्यन्तै दयनिय अबस्था हो । नेपालको सन्दर्भमा हेर्नै हो भने भ्रष्टचार झन झन मौलाउदै गएको छ । भ्रष्टचार न्यूनीकरणका लागी सरकार स्वयम क्रियासिल हुनुपर्नै सरोकारवालाको भनाई छ ।

नेपालमा भ्रष्टाचारका नयाँ नयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । पछिल्लो समय स्थानीय निकाय संग सम्वन्धीत उजुरी बढी पर्नै गरेको छ । त्यस्तै विभिन्न बिद्यालयमा भएको अनियमितता सम्वन्धी उजुरी, स्वास्थ्य क्षेत्रका विभिन्न सस्थानहरुको समेत उजुरी बढने गरेकाछन ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्छ । वार्षिक २० हजार देखी २५ हजार सम्मको हाराहारीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टचार सम्वन्धी उजुरी पर्नै गरेकाछन । तर दिनप्रतिदिन भ्रष्टचार मौलाउदै जादा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारीतामा प्रश्न उठन थालेका छन ।

भ्रष्टचार बढदै जादा समाजमा विवेक र न्याय हराउदै समाजमा अशान्ती बढाउछ । एउटा पक्षले भ्रष्टचार गर्दीन भन्ने र अर्काै पक्षले भ्रष्टचारीलाई संरक्षण गर्नै परिपाटी समाजमा विद्यमान रहेको छ । त्यसैले ब्यक्ति, समाज र सरकार एक ढिक्का भएर लाग्ने हो भने भ्रष्टचार मुक्त शाशन प्रणाली निर्माण हुन समय नलाग्नजे सरोकार वालाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);