हिन्दु राष्ट्र जनताको नैसर्गिक अधिकार : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

हिन्दु राष्ट्र जनताको नैसर्गिक अधिकार : कमल थापा

झापा, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र जनताको नैसर्गिक अधिकार भएको बताएका छन् । झापाको विर्तामोडमा आयोजित हिन्दु राष्ट्र पुनस्थापना जन जागरण सभालाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र जनताको नैसर्गिक अधिकार भएको उल्लेख गरेका छन् ।

हिन्दुराष्ट्र पुनस्थापना गर्ने अभियान अन्तर्गत राप्रपाले केही महिना यता देशका विभिन्न स्थानमा जन जागरण सभा गरिरहेको छ । थापाले आगामी दिनमा सत्ता केन्द्रित फोहोरी खेलमा राप्रपा नलाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अध्यक्ष थापाले हिन्दुत्वको लडाईँ भोटको लागि नभइ आस्था, बिश्वास र पहिचान संरक्षणको लडाईँ भएको बताए । थापाले खोसिएको जनताको अधिकार फिर्ता गर्न माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);