युभेन्ट्सको अपराजित यात्रामा मान्जुकिचको निर्णायक गोल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

युभेन्ट्सको अपराजित यात्रामा मान्जुकिचको निर्णायक गोल

mario mandzukic

एजेन्सी, २२ मंसिर । मारियो मान्जुकिचको निर्णायक गोलमा युभेन्ट्सले इटालियन सिरी ए लिगमा इन्टर मिलानलाई हराउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।  शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानलाई १ – ० ले हराउँदै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो ।

खेलको पहिलो हाफमा रोबर्टो जिलार्डीनोको प्रहार पोस्टमा लागेर फर्कंदा इन्टर अग्रता लिनबाट चुकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसले गोल ग¥यो । खेलको ६६ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गर्दै मान्जुकिचले युभेन्ट्सलाई अग्रता दिलाए ।

अत्यन्त प्रतिश्पर्धात्मक खेलमा त्यसपछि दुबै तर्फबाट गोल नहुँदा उक्त गोल नै निर्णायक भएको थियो । इन्टरले खेलमा अग्रता कायम गर्ने मौका पाए पनि सदुपयोग गर्न नसक्दा युभेन्ट्सको अपराजित यात्रा कायम रहयो ।

यो सँगै युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ । युभेन्टसको जितसँगै अपराजित सुरूवातको कीर्तिमान पनि बराबरी भएको छ । १५ खेलमा १४ जित र १ बराबरीसँगै युभेले ४३ अंक जोडेको छ । युरोपको शीर्ष ५ लिगमा यो नै उत्कृष्ट सुरूवात हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);