मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन्ः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन्ः प्रधानमन्त्री ओली

oli

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन् । ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। यो समाचार आजको नागरिक दैनिकमा छ ।

त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’

प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन् ।

उनले भने, ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);