रिङरोडमा थप ६ आकाशे पुल बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

रिङरोडमा थप ६ आकाशे पुल बन्दै

aakeshe pool

काठमाडौं, २१ मंसिर । चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

चीन सरकारको सहयोगमा सञ्चालित उक्त सडक खण्डको सुधारको काम पनि अन्तिम चरणमा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

सो खण्डमा जेब्रा क्रस र आकाशे पुल पर्याप्त नभएकाले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नुपरेको भन्दै गुनासो आएपछि सुधारका कामलाई तीव्रता दिइएको छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशे पुल निर्माणको कामलाई तीव्रता दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);