विराटनगर स्थित जनता मावि लथालिङ्ग र भताभुंङ्ग बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

विराटनगर स्थित जनता मावि लथालिङ्ग र भताभुंङ्ग बन्दै

विराटनगर, १९ मंसिर । कुनै वेला विराटनगर स्थित जनता माध्यमिक विद्यालय शहरकै नमुना विद्यालयको रुपमा चर्चित थियो । १ कक्षा देखि १० कक्षासम्म पढाई हुने जनता विद्यालयमा १ हजार ५ सय विद्यार्थी अध्ययन गर्दथे । तर, पछिल्लो समय यस विद्यालयको गुणस्तर खस्किएको मात्र हैन लथालिङ र भताभुंङ बन्दै गएको छ ।

कक्षा १ देखि १० सम्म पढाई हुने यस विद्यालय कुनै वेला शहरकै नमुना विद्यालयको रुपमा गनिन्थ्यो । तर, आजभोली पुरै अस्तव्यस्त भएको छ ।
विद्यालयमा सफा शौचालय छैन । भएको शौचालयमा पनि न छानो छ, न त सरसफाई । यहाँ शौचालय मात्र हैन, नाला समेत फुटेर दुर्गन्धित बनिरहेको छ ।

यतिमात्र हैन, यहाँ विद्यार्थीहरु दिनभर चउरमा खेल्छन् र वेलुका घर फर्कन्छन् । विद्यालयका प्रधानाध्यापक बिजय रौनियार र शिक्षकहरुबीच तालमेल समेत राम्रो छैन । यसका विषयमा स्थानीय जनप्रतिनिधीहरुले प्रधानाध्यापकलाई पटक पटक सचेत गराउँदा समेत परिवर्तन नआएको वडा अध्यक्ष कुमार पोखरेल बताउँछन् ।

जनप्रतिनिधी आएपछि यो विद्यालयको पढाई पनि सुध्रन्छ भन्ने स्थानीयको बुझाई थियो । तर, राजनैतिक लुछाचुढीका कारण विद्यालयको पढाई मात्र बिग्रेको छैन, सम्पुर्ण शिक्षक र विद्यार्थीहरु समेत प्रधानाध्यापक बिरुद्धमा छन् ।

विद्यालयका प्रधानाध्यापकले राजनीति गरेका कारण विद्यालयका हरेक गतिबिधिमा सुधार नभएको स्थानीयको भनाई छ । हरेक महिना विद्यालयको बैठक बस्ने नियम भए पनि विद्यालयमा प्रधानाध्यापक रौनियारका कारण ५ महिना यता बैठक समेत बस्न नसकेको अभिभावकको आरोप छ ।

गत असार ३२ गते नै विद्यालय व्यवस्थापन समिति गठन भएको थियो । प्रधानाध्यापक रौनियार आफुलाई सहज हुने र सहयोग गर्ने ब्यक्तिको खोजीमा रहेका कारण निर्बाचित भएका व्यक्तिहरु र जनप्रतिनिधीहरुले ल्याएको विद्यालय व्यवस्थापन समितीको अध्यक्षतामा बैठक बस्न चासो नदेखाएको स्थानीय प्रतिनिधी ममता कर्णले आरोप लगाए ।

यता, प्रधानाध्यापक विजय रौनियार भने आफु माथि लागेको सबै आरोप असत्य रहेको बताउँछन् । उनले विद्यार्थी भर्ना हुने बेलामा अनेकन झमेला झेल्नु परेका कारण विद्यार्थीको संख्या पनि सोचे अनुसार नरहेको स्विकारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);