बटुकनाथ झा
धनुषा, १९ पुस । धनुषाको शंकर माध्यमिक विद्यालय लथालिङ अवस्थामा छ । धनौजी गाउँपालिका–२, मा पर्ने यो विद्यालयमा न त विद्यार्थीलाई पढ्ने डेक्स छन् । नत बेन्च नै छन् । कक्षा केठामा झ्याल समेत छैनन् । यतिमात्र हैन, विद्यार्थीका लागि ट्वाईलेट समेत गतिलो छैन । लेख्नलाई व्ल्याकबोर्ड समेत छैन ।
लथालिङ अवस्थामा रहेको यो विद्यालयले ७ वर्ष देखि नयाँ व्यवस्थापन समिती समेत पाउन सकेको छैन । पटक–पटक आर्थिक अनियमिताको आरोप लाग्दै आएका विद्यालयका प्रधानाध्यापक विजय मण्डलले फेरी करिब २ लाख ६२ हजार ९ सय छात्रवृत्तिको रकम अन्यत्र खर्च गरेको समेत आरोप लागेको छ ।
यता, प्रधानाध्यापक विजय मण्डलले भने आफुले अनियमिता नगरेको जवाफ दिएका छन् । यसरी, सरकारी तलव खाएर नीजि विद्यालयमा छोराछोरी पढाउन पल्केका शिक्षकहरुले गरिब पढ्ने यो विद्यालयमा विद्यार्थीको भविष्य माथि खेलवाड गरिरहेका छन् । यस्तो व्यथितीबाट आजित भएका स्थानीयहरु अहिले वाध्य भएर आन्दोलित भएका छन् ।
देश अहिले संघीय संरचनामा गएपछि शिक्षा सम्बन्धी केही अधिकार गाउँमा पुगेको छ । तर, गाउँपालिकाले अन्तिम अवस्थामा पुगेपछि यो विद्यालयको आर्थिक अनियमिता र अन्य विषयमा छानविन शुरु गरेको छ ।




