डडेल्धुराको सदरमुकाम बागवजार चोकमा सिसि क्यामरा जडान | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

डडेल्धुराको सदरमुकाम बागवजार चोकमा सिसि क्यामरा जडान

डडेल्धुरा, १८ मंसिर । सुदूरपश्चिम प्रदेशको ७ जिल्लाका प्रमुख नाकाको रुपमा रहेको डडेल्धुरा जिल्ला सदरमुकाम वागवजार चोकमा सिसि क्यामरा जडान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले वजार क्षेत्रको सुरक्षा व्यवस्था चुस्त दुरुस्त वनाउन सिसी क्यामरा जडान गरिएको हो । जिल्ला प्रहरी प्रमुख डम्बर बहादुर केसीले पहिलो चरणमा वागवजारको भिमदत्त चोक र जिल्ला प्रहरी कार्यालयको चोकमा सिसि क्यामरा जडान गरिएको बताए । उनले अन्य ठाउँमा क्रमश विस्तार गर्दै लैजाने बताए ।

डडेल्धुराको बागबजार सदुरपश्चिमका सात वटा जिल्लाका प्रदेशद्वार मानिन्छ । यो स्थानमा सिसि क्यामरा जडान गरेसंगै वजार क्षेत्रमा हुने आपराधिक गतिविधिका साथै यातायातको गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि