नेपाल भारत प्रवेशद्धारको मर्मत तथा सौन्दर्यकरण कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल भारत प्रवेशद्धारको मर्मत तथा सौन्दर्यकरण कार्य सुरु

nepal-india border

महेश दास
वीरगन्ज, १८ मंसिर । १२५ वर्ष पुरानो नेपाल भारत प्रवेशद्धारको मर्मत तथा सौन्दर्यकरणको कार्य मंगलवार देखि सुरु भएको छ । वीरगन्ज महानगर तथा समर्पण सेवा संस्थानको संयुक्त प्रयासमा शंकराचार्य गेटको सौन्दर्यकरणको काम सुरु भएको हो । गेट अफ नेपालको रुपमा जंगबहादुर राणाको समयमा निर्माण भएको यो गेट मर्मतको अभावमा जिर्ण हुदै गएको थियो ।

एक सय २५ वर्ष पुरानो नेपाल भारत प्रवेशद्धारको मर्मत तथा सौन्दर्यकरणको कार्य मंगलवार देखि सुरु भएको छ । वीरगन्ज महानगर तथा समर्पण सेवा संस्थानको संयुक्त प्रयासमा शंकराचार्य गेटको सौन्दर्यकरणको काम सुरु भएको हो ।

मंगलवार उद्घाटन कार्यक्रम पछि वोल्दै वीरगन्ज महानगरपालिका प्रमुख बिजय सरावगीले गेटको मौलिकता र बिरगंजको पहिचानलाई संरक्षित गर्ने यसको संरक्षक आवश्यक रहेको बताए । उनले यो कार्य महानगरले एक्लै सम्भव नभएकाले निजी क्षेत्र संग सहकार्य गरिएको बताए ।

अहिले रक्सौल देखी वीरगन्जको जत जयन्ती चोक सम्मको फोहर मैला तथा धुलामय सडकलाई व्यवस्थापन गर्नुका साथै प्रवेशद्धारको सौन्दर्यकरण कार्यले यस क्षेत्रको मुहार फेरिने स्थानीयहरुले बताएका छन् ।

मंगलवारदेखि सुभारम्भ सौन्दर्यकरणको कार्यलाई सीमावर्ती रक्सौलका व्यवसायी तथा सामाजिक अगुवाहरुले पनि स्वागत गरेका छन् । रक्सौल वीरगन्जका साझा समस्या तथा सीमा क्षेत्रका बाटो पुल मर्मत निर्माण तथा सरसफाईलाई साझा तरिकाले समन्वय गरिनु पर्ने रक्सौलका व्यवसायी महेश अग्रवालले सुझाव दिए ।

रक्सौल वीरगन्जको बीचमा रहेको मितेरी पुल देखि रजत जयन्ती चोक सम्म सडकलाई फराकिलो बनाई लाइट तथा रुख लगाएर नेपालकै यस प्रवेश नाकालाई सिंगारिनु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);