२७ औं विश्व अपांगता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

२७ औं विश्व अपांगता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, १७ मंसिर । २७ औं विश्व अपांगता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्बर ३ तारिक अर्थात् आजको दिन मनाईने यो दिवस नेपालले पनि हरेक वर्ष मनाउँदै आएको छ ।

यसै अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नयाँ संविधानले अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले समाजमा पछाडि परेका अपांग लगायतका समुदायको हित र उत्थानका लागि सरकारले संवेदनशील भएर काम गरिरहेको दावी गरे । मन्त्री थापाले अपांगता भएका व्यक्तिहरुको उत्थानका लागि आवश्यक ऐन, कानुन निर्माणको कामलाई सरकारले तीव्रता दिईरहेको बताइन् ।

नेपालमा हाल ५ लाख व्यक्तिमा अपांगता

राष्ट्रिय जनगणना अनुसार नेपालमा हाल ५ लाख अपांगता भएका व्यक्तिहरु छन् । उनीहरुको उत्थानका निम्ति नयाँ संविधानले उनीहरुलाई राज्यको सबै निकायमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ ।

मन्त्री थापाले संविधानमा गरिएको सो व्यवस्थालाई कार्यान्वयनमा लैजान सरकार गम्भिर रहेको बताइन् । यस वर्ष सरकारले अपांगता भएका व्यक्तिहरुलाई राज्यका हरेक निकायमा समावेश गर्ने प्रतिवद्धता सहित यो दिवस मनाएको छ ।