प्राधिकरणबाट कागजात मागेर सार्वजनिक लेखा समितिले थाल्यो छानवीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्राधिकरणबाट कागजात मागेर सार्वजनिक लेखा समितिले थाल्यो छानवीन

lekha samiti

काठमाडौं, १७ मंसिर । संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको जनाउदै छानवीन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले छानवीन सुरु गरेको हो ।

विद्युत प्रशारण लाईन विस्तार तथा ट्रान्सफर्मर जडान गर्ने ठेक्का सम्बन्धि विषयमा आर्थिक अनियमितता भएको पाइएपछि समितिले छानवीन सुरु गरेको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण प्रणालीलाई गुणस्तरीय बनाउने योजनासहित देशभर विद्युत पिलर सहितको प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानको कामलाई अघि बढाएको छ । त्यस कामका लागि ठेक्का दिने प्रक्रियामै आर्थिक अनियमितता देखिएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिले सो सम्बन्धमा छानवीनको कामलाई अघि बढाएको हो ।

छानवीनका लागि समितिले सो सम्बन्धि आवश्यक कागजात समेत नेपाल विद्युत प्राधिकरणबाट झिकाउने काम सुरु गरिएको पनि सचिव पाण्डेले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);