विपद् व्यवस्थापनका लागि राष्ट्रिय नीति नै बनाएर काम भइरहेको छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विपद् व्यवस्थापनका लागि राष्ट्रिय नीति नै बनाएर काम भइरहेको छ : प्रम ओली

pm oli

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताएका हुन् ।

विपद् व्यवस्थापन सम्बन्धि एशीय प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठकलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूकम्पले क्षति पु-याएको संरचनाहरुको पुनस्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको स्मरण गराए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समूदायले गरेको सहयोगको पनि खुलेर प्रसंसा गरे । उनले प्राकृतिक विपत्तिको कुनै सीमा र पूर्वानुमान नहुने उल्लेख गर्दै सूचना, प्रविधि र विज्ञानमा आधारित भएर सरकारले विपद व्यवस्थापनको कामलाई अघि बढाएको बताए ।

एशीया प्रशान्त क्षेत्रका विपद व्यवस्थापनसम्बन्धि २६ मुलुकका प्रतिनिधिहरु सहभागी रहेको सो बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);