राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, मंसिर २० गते स्वदेश फर्कने (फोटोफिचरसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, मंसिर २० गते स्वदेश फर्कने (फोटोफिचरसहित)

bidhya devi bhandari1

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान भएकि छन् ।

राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी आन्द्रेइज सेवास्टीन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा सनिबार बिहान त्यस तर्फ गएकि हुन् । उनी पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्तराष्ट्रसंघीय जलवायु परिर्वतन सम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी हुनेछिन् । कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी भएपछि सोमबार राष्ट्रपतिले उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिले आईतबार नै जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले गर्ने कार्यक्रममा सम्बोधन गर्ने बताईएको छ । त्यसैगरी राष्ट्रसंघीय महासभाकी अध्यक्ष फर्नाण्डा स्पीनोस गार्सियस र राष्ट्रपतिबीच साईडलाईन भेट हुने कार्यतालिका छ । उनीसंगै सांसदहरु पूर्णाकुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल गौतम, रामसहायक प्रसाद यादव, चन्दा चौधरी पनि सो कार्यक्रममा सहभागी हुने छन् ।

त्यसैगरी वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ गएका छन् । त्यसैगरी राष्ट्रपति कार्यालयका अधिकारीहरु, परराष्ट्र र वन मन्त्रालयका अधिकारी पनि राष्ट्रपतिको पोल्याण्ड भ्रमण टोलीमा सहभागी छन् ।राष्ट्रपति भण्डारी मंसिर २० गते विहिबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

kp oli

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);