काठमाडौं, १४ मंसिर । संघीय ढाँचा अनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बुहप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषकको विद्येयक सममितले स्वीकृती गरेको छ ।
बिहिबार बसेको विधेयक समितिले व्यापक छलफलपछि केही संशोधनसहित अध्यादेबलाई स्वीकृत गर्दै मन्त्रिपरिषमा पेश गर्ने निर्णय गरेको हो। अध्यादेशलाई अाज मन्त्रिपरिषद्मा पेस गरिने जनाइएकाे छ ।
आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराई समायाेजन प्रक्रिया थाल्ने तयारी गरिएको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रायलयले जनाएकाे छ । सोमबार मन्त्रिपरिषद्को बैठकले अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने तयारी थालिएको खबर राजधानी दैनिकमा छ ।