आङ साङ सुकी ‘नेपाल चेम्बर एक्स्पो’मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

आङ साङ सुकी ‘नेपाल चेम्बर एक्स्पो’मा

suki

काठमाडाैं, १३ मंसिर । नेपाल भ्रमणमा रहेकी म्यानमारका प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी ‘नेपाल चेम्बर एक्स्पो’मा सहभागी भएकी छन् । म्यानमारको समेत सक्रियतामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको सो एक्स्पोको उद्घाटन कार्यक्रममा नेतृ सुकी विशिष्ट अतिथिको रुपमा सहभागी भएकी हुन् । एक्स्पोलाई सम्बोधन गर्दै उनले नेपाल र नेपालीलाई आफूले सदैव माया र सम्मान गर्ने बताइन् ।

उनले नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक तथा व्यापारिक क्षेत्रको विकासका लागि दुवै मुलुकबीचको सहकार्य उपलब्धिमूलक हुने उनले विश्वास समेत व्यक्त गरिन् ।

एक्स्पोको रुचिपूर्वक अवलोकन समेत गर्न भ्याएकी सुकीले नेपाली उद्यमीले म्यान्मारको कृषि, जलविद्युत, प्रविधिलगायतका क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सक्ने बताइन् । दुवै मुलुकले मानव संशोधनको विकासमा जोड दिएर आर्थिक विकास तथा समृद्धिका गतिविधिलाई संचालन गर्न सकिने नेतृ सुकीको भनाई छ ।

नोबेल पुरस्कार विजेता सुकी शुक्रबारदेखि काठमाडौंमा सूरु हुने ‘एशीया प्यासिफिक समिट’मा भाग लिन बिहीबार बिहान काठमाडौं आइपुगेकी हुन् । म्यानमारको राष्ट्रिय सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएकी उनको नेपाल भ्रमणको व्यवस्थापन नेपाल सरकारले आफैंले गरेको छ ।