आज देखी सामाजिक सुरक्षा योजना लागू हुने, औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई गरिने प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

आज देखी सामाजिक सुरक्षा योजना लागू हुने, औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई गरिने प्रतिबद्धता

Social-security

काठमाडौं, ११ मंसिर । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्ने भएको छ ।

सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने योगदानमा आधारित समाजिक सुरक्षा योजना कार्यान्वयनको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्दै हुनुहुन्छ । रोजगारदाता र योगदानकर्ताको सूचिकरणसम्बन्धी सूचना वि।सं। २०७५ कात्तिक, २६ गते राजपत्रमा प्रकाशन भइसकेको छ । पहिलो चरणमा औपचारिक क्षेत्रमा लागु हुने योगदानमा आधारित सामाजिक सुरक्षा योजना देशभर लागू हुनेछ ।

यो योजना कार्यान्वयन पहिलो चरणमा प्रतिष्ठानस्तरका श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकरण भई सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र बृद्धावस्था सुरक्षा स्किम अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

नेपालको संविधानको धारा ३४को समाजिक सुरक्षाको हकले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । मौलिक हकका रुपमा रहेको उक्त व्यवस्था कार्यान्वयनका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षासहितको कानुन समेत ल्याइसकेको छ ।