रोल्पामा खानेपानी योजना १ बर्ष देखी अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रोल्पामा खानेपानी योजना १ बर्ष देखी अलपत्र

khane pani1

काठमाडौं, ११ मंसिर । खानेपानी उपभोक्ता समितिले समयमै काम सप्पन्न नगर्दा रोल्पाको होलेरी खानेपानी योजना १ बर्ष देखी अलपत्र परेको छ ।

४ करोड रुपैयाँको लगानीमा ५ बर्ष अगाडि देखि संचालित योजना गत आर्थिक बर्षमा सप्पन्न हुनुपर्ने योजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन । समितिले योजना सप्पन्न गर्न नसक्दा आफुहरु मर्कामा परेको गुनासो स्थानीयबासिको रहेको छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष र सचिबले चासो नदिदा समयमै योजना सप्पन्न नसकेको होलेरि खानेपानी योजना उपभोक्ता समितिका सदस्य चेतलाल पुनको भनाई रहेको छ ।

उपभोक्ता समितिले तोकिएको समयमा योजना सप्पन्न गर्न नसक्दा करोडौंको योजना अलपत्र त परेको छनै स्थानीयबासीहरु समेत खानेपानीको समस्या भोग्दै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);