खानेपानीका डेढ सय योजना अलपत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०७९, बिहीबार

खानेपानीका डेढ सय योजना अलपत्र

khane pani

काठमाडौं, ८ भदौ । कैलाली कञ्चनपुरमा एक दशक देखि खानेपानी योजना अलपत्र छन्। संघीय सरकारले ०६४/६५ देखि कैलाली कञ्चनपुरमा सुरु गरेका १ सय ६३ योजना अलपत्र परेका हुन्।

सरकारले वार्षिक रूपमा कुल लागतको २३ प्रतिशत मात्रै बजेट विनियोजन गर्दा योजना अलपत्र पर्ने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ। कतिपय योजनामा भौतिक संरचना तयार भए पनि पाइप बिछ्याउन मात्रै बजेट नपुगेर सञ्चालनमा आउन सकेका छैनन्।

सरकारले पर्याप्त बजेट विनियोजन नगरेकै कारण योजना अलपत्र अवस्थामा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख मोहनबहादुर कुँवरले बताए। ‘अपुग बजेटले योजना समयमा सम्पन्न गर्न सकिएको छैन।’ उनले भने।

कैलालीको जोशीपुर, पहलमानपुर, मसुरिया, बलिया, थापापुर, फूलबारी, उदासीपुर, गदरिया, हसुलिया, प्रतापपुर, दुर्गौली, रतनपुर, बलिया चौरी र उर्मा खानेपानी योजना एक दशकदेखि सञ्चालनमा आउन सकेका छैनन्।

हरेक योजनाले १० देखि १५ हजार जनसंख्या लाभान्वित हुने योजना सम्पन्न गर्न ३ देखि ६ करोड बजेट आवश्यक पर्ने गरेको कुँवरले बताए। धेरै ठाउँमा डीप बोरिङ, ओभरहेड, कम्पाउन्डवाल र अफिस घर लगायत भौतिक संरचना तयार भइसकेका योजनामा पाइप बिछ्याउन बजेट नपुगेर पानी सञ्चालन गर्न नसक्ने अवस्था छ। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।