ढोरपाटनका ४८ घर जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ढोरपाटनका ४८ घर जलेर नष्ट

baglung-dhorpatan-aaglagi

काठमाडौं, १० मंसिर । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आइतबार बिहान आगलागी हुँदा ४४ घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ४ घरमा आंशिक रुपमा क्षति पुगेको खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

आइतबार बिहान ३ बजे बस्तीमा लागेको आगो बिहान ८ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी जवान तथा सूचना अधिकारी उत्तम मल्लले जानकारी दिए ।

चिसोका कारणले सो क्षेत्रका स्थानीय गाईबस्तुसहित घुम्ती बसाइँका लागि ढोरपाटन नगरपालिकाका तल्लो भेगमा बसाइँ सरेको हुनाले आर्थिक र भौतिक संरचनामा क्षति भए पनि मानवीय र पशुजन्य क्षति भने नभएको प्रहरीले बताएको छ । आगो लाग्नुको कारण खुल्न नसकेको मल्लले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);