गोठमा आगलागी हुँदा चार लाखको क्षति | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गोठमा आगलागी हुँदा चार लाखको क्षति

सप्तरी, २४ चैत । सप्तरीको सप्तकोशी नगरपलिका १, फत्तेपुरमा सोमबार आगलागी हुँदा एक गोठ पूर्ण रुपमा जली नष्ट भएको छ ।

आगलगीबाट काजी थापाको गोठमा राखिएका पराल, दाउरा, केही घरायसी सामान जलेर नष्ट भएका छन् भने गोठमा रहेका भैँसी र भैँसीको पाडो समेत जलेर घाईते भएको छ । गोठसंगै रहेको घरमा समेत क्षति पुगेको बताइएको छ । आगलगीबाट करिब ४ लाख बराबर को क्षति भएको अनुमान गरिएको छ ।

आगो भँैसी गोठमा भएको चुलोबाट लागेको हुन सक्ने अनुमान गरिएको छ, भने स्थानीयवासी, दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);