१ लाख ५६ हजार युवायुवती लागूऔषधकोे कुलतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१ लाख ५६ हजार युवायुवती लागूऔषधकोे कुलतमा

laguausadha

काठमाडौं, १० मंसिर । मुलुकमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुर्व्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो ।

सरकारी तथा गैरसरकारी निकायले लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । गृह मन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्न वार्षिक करोडौं रुपैयाँ खर्चने गरेका छन् ।

दुर्व्यसनको सबैभन्दा ठूलो मारमा काठमाडौं उपत्यकाका युवायुवती पर्ने गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ । काठमाडौंमा लागूऔषध दुर्व्यसन र बिक्री वितरणको आरोपमा दैनिकजसो आधा दर्जन बढी युवायुवती पक्राउ पर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको खबर अाजकाे राजधानी दैनिकमा छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले लागूऔषध दुव्र्यसनको जालो भयावह रूपमा बढ्दै गएको बताए । जालो भयावह रूपमा बढ्न थालेपछि काठमाडौं प्रशासनले केही दिनअघि मात्रै यहाँका डेढ दर्जन पुनःस्थापना केन्द्रको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पनि पुनःस्थापना केन्द्रमा लागूऔषध दुर्व्यसनीको संख्या वृद्धि भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । स्कुल जीवन सकेर प्लस २ पढ्ने युवायुवती लागूऔषध दुर्व्यसनको जालोमा नराम्ररी फस्ने क्रम बढेको घिमिरेले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);