तनहुँ महोत्सवमा दर्शकको घुईंचो | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

तनहुँ महोत्सवमा दर्शकको घुईंचो

तनहुँ, ९ मंसिर । तनहुँमा जारी तेश्रो आदिवासी जनजाती साँस्कृतिक एवं पर्यटन महोत्सवमा दर्शकको घुईंचो लागेको छ । तनहुँको सदरमुकाम दमौलीमा कात्तिक ३१ गतेदेखि शुरु भएको मेलामा आन्तरिक तथा वाह्य दर्शकको घुईंचो लागेको हो।

महोत्सवमा आदिवासी जनजातीको मौलिक संस्कृतिलाई झल्कने कुमाल, दरै, भोटे, गुरुङ्क, मगर, राई लिम्वुको मौलिक घरहरु प्रर्दशनीमा राखिएको छ ।

त्यसैगरी, महोत्सवमा विभिन्न कृषिका समाग्री, स्थानीय उत्पादन लगाएतका स्थानीयलाई प्रथामिकता दिएको मेला संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन् । तनहुँ महोत्सव मंसिर ११ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।