राजपाको संयोजकमा महतो मनोनयन भएसँगै पार्टीभित्र रडाकाे | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

राजपाको संयोजकमा महतो मनोनयन भएसँगै पार्टीभित्र रडाकाे

rajapa

तेजना पण्डित
काठमाडौं, ९ मंसिर । गत हप्ता राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो मनोनयन भएसँगै पार्टीभित्र आन्तरिक कलह चर्किएको छ । महतोले महन्थ ठाकुर संयोजक रहेका बखत गरिएका कतिपय निर्णयहरु खारेज गरेपछि ठाकुर पक्षधर नेताहरुले असन्तुष्टि जनाएका छन् ।

२०७४ साल बैशाख ६ गते बिभिन्न छ वटा मधेशकेन्द्रित दल मिली राष्ट्रिय जनता पार्टी नेपाल राजपाको गठन भएको थियो । पार्टी एकिकरणका बेला पार्टीको नेतृत्व ६ जना नेताले चक्रिय प्रणालिका आधारमा गर्ने तय भएको थियो ।

गत हप्ता पार्टीको विधान अनुसार अध्यक्ष मण्डलको संयोजकमा महन्त ठाकुर पछि राजेन्द्र महतो संयोजक बने । तर, महतोले यसअघि ठाकुरले गरेका निर्णयहरुलाई खारेज गरिदिए । उता ठाकुर पक्षीय नेताहरुले महतोले गरेको निर्णय मान्य नहुने भन्दै बिरोध गरेका छन् ।

ठाकुरले पार्टीको महाधिबेशन र मिति तोक्नुका साथै पार्टीको बिभिन्न तहमा बिभिन्न व्यक्तिको मनोनयन समेत गरेका थिए । तर महतोले आफू संयोजक बनेपछि महाधिबेशनको मिति तय भैसकेपछि मनोनयन गरिएका पदहरु खारेज गरेका छन् । यही बिषयमा स्वयं ठाकुरले केही नभनेपनि उनी पक्षधरका केही नेताहरुले बिरोध रहेको छ ।

नयाँ संयोजकले गरेको निर्णयको बचाउ गर्दै आएका राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने महन्त ठाकुरले महाधिबेसन तोकेपछि गरेका कतिपय मनोनयनहरु त्रुटिपूर्ण भएकाले उक्त निर्णय खारेज गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

राजपा नेपालले वर्तमान सरकारले संबिधान संशोधनमा चाँसो नदेखाएको भन्दै समर्थन फिर्ता लिएर सडक संर्घषमा जाने बताएको छ । यस विषयमा पार्टीको छिट्टै बैठक बसि आधिकारीक निर्णय गर्ने राजपाले जनाएको छ ।

तर, अहीले आफ्नै पार्टीभित्र आन्तरिक बिवाद चर्किन थालेपछि राजपाको संबिधान संशोधनको मुद्धा कमजोर बन्ने, राष्ट्रिय निती निर्माणमा फेरी राजपा कमजोर देखिने तराई केन्द्रित राजनीतिक बिश्लेषकहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);