नेपालमा हिन्दुराज्य रहने वा नरहने कुरा जनमतसंग्रहबाट टुंगो लगाउनुपर्छ : शशांक | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

नेपालमा हिन्दुराज्य रहने वा नरहने कुरा जनमतसंग्रहबाट टुंगो लगाउनुपर्छ : शशांक

sashank koirala

काठमाडौं, ८ मंसिर । संविधानसभाले जारी गरेको संविधानमा नेपाल धर्मनिरपेक्ष राज्य भनेर लेखिएको छ । तर कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले नेपाल हिन्दुराज्य रहने कि धर्मनिरपेक्ष हुने भन्ने कुरा जनमतसंग्रहबाट टुंगो लगाउपर्ने बताएका छन् । उनको यो पछिल्लो अभिव्यक्ति पछि अब एउट प्रश्न उब्जिएको छ, के कांग्रेसले यो मुद्दालाई पार्टीको प्रमुख मुद्दा बनाउँला ?

दुई बर्ष अघि नेपाली कांग्रेस महाधिवेशनको संघारमा पुगेकै बेलामा महामन्त्रीका उम्मेदवार वीपीपुत्र डा.शशांक कोइरालाले नेपाल धर्मनिरपेक्ष राज्य रहन नसक्ने भन्दै हिन्दुराज्य नै रहनु पर्ने भनाइ राखेका थिए ।

महाधिवेशनको संघारमा पुगेको कांग्रेसका प्रभावशाली नेताले वोलेको यस वाक्यमा सामान्य बहश भएपनि यसवारेमा त्यतिवेला ब्यापक बहश भने भएन । तर, महाधिवेशनबाट निर्वाचित भएको २ बर्ष पछि कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले निकै नै खुलेर आफु हिन्दु धर्मको पक्षमा रहेको सगर्व बताएका छन् ।

उनले नेपाल हिन्दु राष्ट्र रहने वा धर्मनिरपेक्ष रहने भन्ने कुरा जनमतसंग्रह मार्फत टुंगो लगाउनुपर्ने उनको धारणा छ । मुलत कांग्रेसमा पार्टीको एजेण्डा तयार पार्ने काम महामन्त्रीले गर्ने गर्दछन् । यता कम्युनिष्ट पार्टीमा भने यस्ता काम महासचिवले गर्ने गर्दछन ।

तर अहिले यसरी नेपाल हिन्दु राज्य नै हुनुपर्छ भन्ने कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले यसलाई ब्यक्तिको मात्र धारणा नवनाई पार्टीकै एजेण्डा बनाउन केन्द्रिय समितिको वैठकमा औपचारिक रुपमा एजेण्डा प्रवेश गराएका भने छैनन्।

यसैकारण नेपाली कांग्रेसका नेताहरु महामन्त्री कोइरालाको यो भनाइ पार्टीको नभइ व्यक्तिको मात्र एजेण्डा रहेको बताइरहेका छन् ।

नेपालको संविधानमा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफनो आस्था अनुसार धर्मको अवलम्वन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता दिइएको छ । यसरी संविधानसभा मार्फत जारी संविधानमा नेपाल अब धर्मनिरपेक्ष राज्य रहेको कुरा सगर्व उल्लेख गरिएको छ ।

तर, संविधान जारी भएदेखि अहिलेसम्म पुर्वपञ्चहरुको दल राप्रपा नेपालले हिन्दुराज्य हुनुपर्ने कुरालाई आफनो मुल मुद्दा बनाइरहेको छ । कुनै समय संवैधानिक राजतन्त्र र हिन्दुराज्य भन्दै आएको नेपाली कांग्रेस भने धर्मनिरपेक्षतालाई स्विकार गरेर बसेको छ ।

खुमवहादुर खडका जिवित रहुन्जेलसम्म हिन्दुराज्यको मुद्दा चर्को रुपमा कांग्रेसमा उठेको थियो । तर उनको निधनसंगै फुटकर रुपमा यो मुद्दा उठाउने मानिस त छन तर यसलाई नेतृत्व दिने नेताको चाँहि अभाव देखिन्छ ।  डा.कोइरालाले अब यसको नेतृत्व गर्लान वा यो मुद्दा यतिकै हिन्दुधर्म प्रति आस्था राख्ने कार्यकर्ता र आम मानिसको मन र मत वटुल्ने अस्त्रको रुपमा मात्र प्रयोग होला त्यो भने हेर्न वाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);