राष्ट्रपतिलाई गाडी किन्न युवाहरुले मागे भिख | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

राष्ट्रपतिलाई गाडी किन्न युवाहरुले मागे भिख

yuwaharu bhik magdai

काठमाडौं, ८ मंसिर । केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले आफ्नो लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन् ।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् । शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन् ।

१८ करोड रुपैयाको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् ।

युवाहरुले पशुपतिबनकालि क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसंग भिख मागेका थिए । युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);