भारतीय एक दम्पत्तिको नियतिः अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय एक दम्पत्तिको नियतिः अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख

एजेन्सी । एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ । अस्पतालका कर्मचारीले आफ्नो मृत छोराको शवको बदलामा मोटो घुस मागेपछि उनीहरूले भिख माग्न बाध्य भएको दम्पतीले बताए ।

दोषी कर्मचारीविरुद्ध कारबाही गरिने कर्मचारीले जनाएको छ । दम्पतीको अवस्थाले हजारौं गरिब भारतीय परिवारहरूको दुर्दशालाई प्रतिबिम्बित गर्दछ जसले अस्पतालबाट शव उठाउन मोटो रकम तिर्नुपर्छ ।
केही दिनअघि मुकेश ठाकुर र उनको पत्नीको छोरा हराए । यसै साताको सुरुमा छोरा हराएको सूचना आयो । उनको शव शहरको सद्दार अस्पतालमा रहेको खुलासा भयो ।

सद्दार अस्पताल पुगेपछि अस्पतालका कर्मचारीले शव लैजान ५० हजार भारु मागेका थिए । कर्मचारीले घुस मागेपछि बाबुआमा छोराको शव उठाउन सर्वसाधारणको घरघरमा पैसा संकलनका लागि पुगेका हुन् । उनीहरुले पैसा संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाबारे आफूले नजिकबाट अवलोकिन गरिरहेको सो अस्पतालका चिकित्सक एसके चौधरी बताउँछन् । उनको भनाइ उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले लेखेको छ, ‘दोषीलाई छुट दिइने छैन । यो मानवताको लागि लज्जास्पद विषय हो’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);