अनुभवहीन चालक हुदाँ दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनुभवहीन चालक हुदाँ दुर्घटना

dadeldhura_accident

डडेल्धुरा, ८ मंसिर ।  कक्षा एघारमा पढ्ने १७ वषीय डरम्बरी सार्की गाडीमा अगाडिको दुई नम्बर सिटमा बसेकी थिइन्। उनी अगाडिको सिटमा गाडीका फाउन्डर तथा विद्यालयका प्रिन्सिपल भीम बलायर थिए। प्रिन्सिपलको सानो छोरी उनले काखमा समातेर खेलाइरहेकी थिइन्। उनको गन्यापधुरा–३ सकाइलमा रहेको घर आउन ८/१० मिनेट मात्र बाँकी थियो।

क्षमताभन्दा बढी यात्रु रहेको र तीव्र गतिमा रहेको गाडी रडुवाको ओरालोमा एकाएक अनिन्त्रित भएर सडकमा यताउता गर्न थाल्यो। ‘ए गाडी नफाल भनेर प्रिन्सिपल बलायर कराउनु भयो,’ धनगढी मायामेट्रो अस्पतालमा उपचार गराइरहेकी डम्बरीले भनिन्, ‘उनको अवाजलगत्तै गाडीमा चिच्याहट र रुवाबासी चल्यो।’

सामान्य घाइते रहकी डम्बरीलाई घुम्तीबाट गाडी खसेको थाहा छ। त्यसपछि के भयो केही थाहा नभएको उनले बताइन्। बिचैमा उनी खोल्सामा अड्किइन।‘दोस्रो जीवन पाएको महसुस भएको छ,’ उनी भन्छिन्। सेती अञ्चल अस्पतालमा शुक्रबार बिहान गाडीका सहचालक १६ वर्षीय महादेव रावतलाई बोल्न धेरै गा्रहो भइरहेको थियो। ओरालोमा गाडी अनियन्त्रित भएपछि चालक लोकबहादुर बोहराले गाडीलाई घुम्तीमा मोड्न नसकेको उनले बताए। केही समय पहिले यो गाडीका चालक खड्ग बलायर थिए। एक डेढ साताअघिदेखि मात्र लोकबहादुर महराले यो गाडी चलाउन सुरु गरेको उनी बताउँछन्।

भारततिर गाडी चलाउने गरेका उनलाई पहाडमा गाडी चलाएको अनुभव थिएन। ‘चालक नयाँ भएकाले उसलाई अनुभव कम थियो। एकसाता अघिदेखि विद्यालयमा उनले गाडी चलाउँदा पनि विद्यार्थी निकै डराएका थिए,’ विद्यालयका पढ्ने विद्यार्थीका अभिभावक शिखर नगरपालिका–११ गोपघाटका कृष्ण विष्टले भने, ‘ओरालोमा ओभरलोड गाडी चलाउँदा उनलाई समस्या भएको देखिन्छ।’

अर्का घाइते युवक विनोद किमाडी गाडीमा आफूलगायतका धेरै युवाहरू उभिइराखेको अवस्थामा गाडी तीव्र गतिमा ओरालो गुडिरहेका बेला दुर्घटना भएको बताउँछन्। ‘मलगायत मेरा साथी उभिरहेका थियौं। गाडीभित्र खचाखच भएकाले अरु पनि उभिइरहेका थिए। प्रिन्सिपलले फास्ट नचला, गाडी नफाल भनेर कराउदै थिए,’ उनी भन्छन्, ‘एकछिनमै सडक छेउको बारलाई समेत भत्काउँदै गाडी खस्यो।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);