प्रहरीबाट दुर्व्यवहार | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

प्रहरीबाट दुर्व्यवहार

prahari durbebar

वीरगन्ज, ८ मंसिर । सशस्त्रका पुरुष प्रहरीले चार महिलालाई लछारपछार गरी नियन्त्रणमा लिएको तस्बिर र भिडियो बिहीबार दिउँसोदेखि सामाजिक सञ्जालमा भाइरल छ । यस्तो दुर्व्यवहारको चौतर्फी विरोध भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार बिहीबार करिब ३ बजे वीरगन्ज भन्सारमा तैनाथ सशस्त्र प्रहरीको भन्सार तथा राजस्व गुल्मको टोलीले राजस्व छली कपडा भित्र्याएको भन्दै महिलालाई नियन्त्रणमा लिन प्रयास गरेको थियो ।

‘महिलाहरू उम्किन खोज्दा प्रहरीले उनीहरूको कपाल समाएर तानेको थियो,’ एक स्थानीयले भने, ‘प्रहरीले महिलाहरूको कपाल तान्दै बीच सडकमै घिसारेका थिए ।’ भिडियोमा सडकमा पछारिएका महिलामाथि प्रहरीले लठ्ठी प्रहार गरिरहेको छ । भन्सारमा महिला प्रहरी नभएका होइनन् ।

महिलामाथि दुव्र्यवहार गर्ने सशस्त्र प्रहरी हवल्दार महादेव पन्त र सहायक हवल्दार केशव पन्तलाई कारबाहीका लागि सीमा सुरक्षा बल पर्साले झिकाएको छ । भन्सार सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खडकाले डिउटीमा खटिएका प्रहरीले दुव्र्यवहार गरेको स्विकारे । ‘गल्ती गर्नेलाई कारबाही हुन्छ,’ उनले भने, ‘यसरी दुव्र्यवहार गर्नुहुन्न, १०/१२ वर्षसम्म जागिर खाइसकेकाले विभिन्न तालिममा मानव अधिकारसम्बन्धी प्रशिक्षण दिइएको हुन्छ, तैपनि नगर्ने काम गरे ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);