नेपालमा एशीयाली विकास बैंक आयोजनाको प्रगति असन्तोषजनक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपालमा एशीयाली विकास बैंक आयोजनाको प्रगति असन्तोषजनक

ADB

काठमाडौं, ७ मंसिर । एशीयाली विकास बैंक (एडीबी)ले नेपालमा संचालित आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ ।

दक्षिण एशीयाका लागि एडीबीका उपमहानिर्देशक दिवेश शरणले नेपालमा संचालित आयोजनाहरुको कार्य सम्पादन सन्तोषजनक रहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका हुन् । शुक्रबार काठमाडौंमा त्रिपक्षीय समिक्षा बैठकमा बोल्दै उनले नेपालको उडड्यन र सरसफाई सम्बन्धि आयोजना कार्यान्वयन क्षमतामाथि प्रश्न समेत उठाएका छन् ।

त्रिभुवन अन्तरष्ट्रिय विमानस्थललगायतका नेपालमा संचालित ठूला आयोजनामा लगानी बढाए पनि कार्य प्रगति हुन नसककोले एडीबीको असन्तुष्टि रहेको हो । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले मुलुक संघीयतामा गएकाले अव एडीबीलगायतका अन्तराष्ट्रिय समुदायको लगानीमा संचालित आयोजनाहरुको कामले गति लिने विश्वास व्यक्त गएका छन् ।

एडीबीले नेपालमा हालसम्म २ खरव ८० अरव भन्दा धेरै बजेट लगानी गरेपनि आयोजनाको कार्यान्वयन र खर्चको अवस्था भने अत्यन्तै सुस्त रहेकोले त्यसमा सुधार गर्न आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);