मलमा फेरि झेल, अनुदान कटाएर कृषकको टाउकोमा अर्को भार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मलमा फेरि झेल, अनुदान कटाएर कृषकको टाउकोमा अर्को भार

लक्ष्मी प्रसाद न्यौपाने  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, चैत्र १ । सुनकोशी मरिन डाइभर्सन आयोजना, रानी जमरा कुलेरिया सिँचाइ आयोजना, हुलाकी राजमार्ग आयोजना, काठमाडौं तराइ मधेश द्रुतमार्ग आयोजना । त्यसैगरी लुम्बिनी विकास आयोजना आर्थिक बर्ष २०८०–०८१ मा सम्पन्न हुने लक्ष्य छ । यी आयोजनाहरुको तोकिएको समयसीमा सकिएको छ । तर सबै आयोजनाको अहिलेको प्रगति हेर्दा निर्धारित मितिमा सम्पन्न हुने कुनै सम्भावना छैन । अधिकांश आयोजनाको बजेट अभावका कारण काम ढिलाइ भएको जनाएका छन् । महालेखा परिक्षकको प्रतिवेदनअनुसार पाँच आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजना लुम्बिनी क्षेत्र विकास कोष हो ।

जुन ८६ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको निर्माण सक्न थप एक वर्ष लाग्ने देखिएको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनाको वित्तीय तथा भौतिक प्रगति ७ दशमलव ५७ प्रतिशत छ । ४६ अर्ब १९ करोड लागत अनुमान रहेको यस आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ।

रानी जमरा कुलेरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ५८ दशमलव ७ प्रतिशत भएको छ भने वित्तिय प्रगति ५८ दशमलव ५ प्रतिशत रहेको छ । काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति २१.१८ प्रतिशत भएको छ भने वित्तीय प्रगति १९.१८ प्रतिशत रहेको छ । त्यसैगरी हुलाकी लोकमार्गको भौतिक प्रगति ८० दशमलब ९ प्रतिशत र वित्तीय प्रगति ८० दशमलब ३ प्रतिशत भएको छ । हालसम्म यस आयोजनामा ५२ अर्ब १८ करोड रकम खर्च भएको छ । लुम्बिनी विकास कोष आयोजनाको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ५२ दशमलब ९४ प्रतिशत देखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);