हप्तामा दुईपटक सम्पदाको चोरी हुँदा पनि राज्य निरह ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

हप्तामा दुईपटक सम्पदाको चोरी हुँदा पनि राज्य निरह ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, चैत्र १ । ३१८ वर्ष पुरानो ऐतिहासिक चैत्यमा राखिएको चारमध्ये तीनमूर्ति चोरी भइसकेको छ । सन् ८२७ मा स्थापना गरिएको चैत्यको बुद्धको मूर्ति स्तूप भत्काएर चोरी भएको हो । अशोककालीन चैत्यको पूर्वमा अक्षोभ्य, पश्चिममा अमिताभ उत्तरमा रत्नसम्भब र दक्षिणमा अमोधसिद्धि बुद्धको मुर्ति रहेको थियो । फागुन १७ गते दक्षिणमा रहेको अमोघसिद्धि चोरी भएको थियो भने बुद्ध मूर्ति फेला नपर्दै सोमबार पूर्वमा रहेको अक्षोभ्य पश्चिममा रहेको अमिताभ गरी मध्यराति थप दुई बुद्ध मूर्ति चोरी भएपछि सम्पदा असुरक्षित बनेकोमा स्थानीय चिन्तित छन् ।

घटनास्थलबाट उत्तरतर्फ महानगरीय प्रहरी वृत्त चापागाउँको दूरी मात्र ५ सय मिटर रहेको छ । साथै घटनास्थलको छेउमा नै प्रहरी स्टकटिंग राखिएको छ । दोश्रो पटक चोरी भए पछि आफू अत्यन्तै चिन्तित बनेको बताउनु हुन्छ गोदावरी नगरपालीका वडा नं ११ का वडा अध्यक्ष निल बहादुर देशार ।

चापागाउँ जस्तो ऐतिहासिक सम्पदाले भरिएको क्षेत्रमा मूल सडकमा नै रहेको ऐतिहासिक सम्पदाहरु निरन्तर चोरीको घटनाले अन्य सम्पदाहरुको सुरक्षामा समेत चुनौती बढेको छ । एउटै स्थानमा १० दिनमा नै अर्को सम्पदा चोरी सुरक्षा निकायका लागि पनि चुनौती हो । यसमा जिम्मेवार प्रहरी निकायले दोषीलाई सप्रमाण पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन ढिलाई गरिनुहुन्न । पुर्खाले स्थापना गरिदिएका सम्पदाको सुरक्षा गर्नु सबैको दायित्व हो । यसमा राज्यको सुरक्षा निकाय देखि स्थानीय सबैले आ आफ्नो ठाउँबाट जिम्मेवारी वहन गर्नुपर्छ । सम्पदामाथि धावा बोल्नेहरुले उन्मुक्ति पाउनुहुँदैन, यसमा संलग्न संगठित जालो तोड्नैपर्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);