भारतले मानेन हातहतियारको रकम मिनाहा गर्न, नेपालले साढे २ अर्ब तिनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

काठमाडौं, ११ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे।

 

भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन्। भारतले यो प्रस्ताव स्वीकार नगरेको अर्थमा नेपालले बुझेको छ।

 

हैदरावाद हशाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे-नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस्।’ तर मोदीले मिनाहा गर्न मानेनन्। देउवाले मिनाहाको आग्रह गर्दा मोदीले ‘रक्षा सहकार्य गरौं’ भन्ने अर्थपूर्ण जवाफ मात्रै दिए। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।