चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र १८ प्रतिशतले बृद्धि | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र १८ प्रतिशतले बृद्धि

काठमाडौं, ४ मंसिर । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले विगतको वर्ष भन्दा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा १८ प्रतिशतले बृद्धि भएको बताएका छन् ।

यूएनसिटीएडीले मंगलवार काठमाडौंमा आयोजना गरेको प्रत्रकार सम्मेलनमा बोल्दै पूर्व उपाध्यक्ष डाक्टर वाग्लेले यस्तो बताएका हुन् । उनले विश्वमा ४७ वटा देश अल्पविकसितको सूचिमा रहेको र ती देशहरुको विश्व व्यापारमा १ दशमलव १ प्रतिशत हिस्सा रहेको बताए ।

कार्यक्रममा युएनसिटीएडीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अल्पविकसित देशमा ७० प्रतिशत उद्यमी तथ्यांक रहेको सार्वजनिक गरेको थियो ।

त्यसैगरी, विकाशशिल देशमा ५० प्रतिशत र विकशित देशमा १४ प्रतिशत मात्र उद्यमी रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा सहभागीहरुले नेपालमा उद्योग शुरुवात गर्न सजिलो भएपनि ठुला चुनौती सामाना गर्नूपरेको गुनासो गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);